शुक्रबार ३१, बैशाख २०७८ Fri,14 May 2021

को थिए डा.भिम राव अम्बेडकर ? जीवन र सर्घष । सन्दर्भ १३० अम्बेडकर जयन्ती ।  



बिहीबार २ , बैशाख २०७८

अधिबक्ता शैलेन्द्र अम्बेडकर

आज बिश्वभरमा धुमधामका साथ बाबा साहब डा.भीम राव अम्बेडकरको १३० औ जन्मजयन्ती मनाईदै छ । अहिलेको परिबेशमा शिक्षित बर्गहरुमा बिश्वमै डा. भिम राव अम्बेडकरलाई नचिन्ने कमै व्यक्ति होलन । उहाँलाई भारत र नेपालमा प्रायः उनलाई सम्मान हेतु बाबा सहाब डा.भिम राव अम्बेडकर भनेर सम्बो धन गर्ने गरेको पाइन्छ । १४ अप्रिल१८९१ मा ब्रिटिश भारतको मध्य प्रान्त –बर्तमानमा मध्य प्रदेशको महू नगरको सैन्य छाउनीमा उनको जन्म भएको थियो । पिता रामजी सकपाल भीमाबाईको १४ औं सन्तानको रुपमा उनी जन्मेका थिए । अम्बेडकरका पिता इस्टइंडिया कम्पनीको सेनामा सुबेदार पदमा कार्यरत थिए । उनको परिवार आर्थिक, स माजिक तथा शैक्षिक दृष्टिकोणले धेरैनै पछाडि रहेको थियो । त्यो समयमा दलित अछुतलाई सार्वजनिक वाटो, तलाव, इनार, सार्वजनिक स्थलमा आउन जान शक्त मनाही रहेको र वहाँको जन्म महार(अछुत)जाती मा भएकोले आफनो जीवनमा छुवाछुत तथा जातीय भेदभावका असंख्य घटनाहरु भोगेका थिए । 

110 Dr. B. R. Ambedkar ideas in 2021 | photo album quote, photo frame  gallery, b r ambedkar

उनका पिता उनलाई लिएर प्राथमिक शिक्षा ग्रहण गर्नको लागी स्थानीय बिद्यालयमा दाखिला हुन जाँदा त्यहाँको उच्च जातीको शिक्षकले शुद्रलाई पढने अधिकार छैन, यो धर्मको विपरित छ भन्दै भर्ना गर्न इन्कार गरे पछि उनका पिता साह«ैनै दुखी भए र इस्टइडिया कम्पनीका जर्नललाई छोराको भर्ना गराईदिन आग्रह गरे पछि जर्नलले ती शिक्षकलाई “भर्ना लेउ होइन भने तपाँईलाई वरखास्त गरिन्छ” भनेर दावाब पछि मात्रै “अम्बेडकरले कक्षाका सवै विद्यार्थीहरु भन्दा छुट्टै बस्नु पर्ने र पानीको मटका छुन नपाउने” शर्तमा उनको कक्षा १ मा भर्ना भयो । एक दिन उनलाई विद्यालयमा साह्रै तिर्खा लाग्यो उनले शिक्षक संग पानी माग्दा खेरी उनलाई कसैले पानी पीउन दिएनन । त्यस दिन उनी आमा संग रुदै मलाई स्कुलमा पानी किन दिदैन आमा ? भनेर सोद्धदा उनको आमाले हामी अछुत हौं हामीले छोएको पानी कोही खादैन भने पछि उनले त्यही दिन अठोट गरेका थिए कि “सवैको लागी स्वच्छ पानी पिउने हकको लडाई लडने” छु । जुन उहाँले २० मई १९२७ मा महाराष्ट्र राज्यको रायगढ जिलाको महाड स्थानमा सवै दलितहरुलाई सार्वजनिक चावदार तालावबाट पानी पीउन  र अन्यकामको लागी पानीको अधिकार दिलाउनको लागी महाडसत्याग्रह गरेका थिए । उक्त अहिंस्रक,शान्तीपूर्ण र अत्यान्तै प्रभावशाली सत्यग्राह रहेको थियो । 

शिक्षा

उनी पढाईमा अत्यन्तै अबल थिए तर आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले उनलाई धेरै कठिनाईहरु भोग्नु परयो । विभिन्न बाधा ब्यवधानको बाबजुद पनि उनी आफ्नो पढाईलाई जारी राखे । सन १८९७ मा उनी आफनो परिवार संगै बम्बे शिफ्ट भए । सन १९०७ मा उनले आफ्नो मैट्रिक पढाई सकाए पछि उनी १९०८ मा एलफिनस्टोन काँलेजमा भर्ना भए । जुन बम्बे बिश्व बिद्यालय संग सम्बन्धित थियो । यसरी उक्त बिश्व बिद्यालयमा पहिले दलित समुदायका छात्र थिए । त्यहाँ उनले बिश्व बिद्यालयमा टप गर्दै प्रथम स्थान हासिल गरी स्नातक तह पास गरेका थिए । 

उनी दैनिक रुपमा आफ्नो कोठाको नजिक सडकको छेउमा रहेको बिजुलीको पोलमा बलेको बिजुलीको उज्यालोमा बसेर किताब पढने । सोही समयमा एक दिन केही मानिसहरु आए र उनको पूरा विवरण सोधे ती मान्छेहरु बडौदा महाराज सयाजीराव गायकवाडद्धारा पठाईका मान्छेहरु थिए । उनलाई महाराज कहाँ लगी उनलाई १९१३ मा गायकवाड महाराजद्धारा स्थापित छात्रबृति जो न्यूर्योक स्थित कोलंयिबा बिश्व बिद्यालयमा स्नातकोत्तर शिक्षा प्रदान गर्नको लागी प्रति महिना रु. ७५५ बडौदा महाराजको छात्रबृति प्रदान गरियो । जसवाट उनी आफ्नो २२ बर्षको उमेरमा अध्ययनको लागी संयुक्त राज्य अमेरिका गए ।

अक्टुबर १९१६ मा अम्बेडकर बेलायत (लंदन) त्यहाँ उनी ग्रेज इन बैरिस्टर कोर्षमा उपाधि हासिल गरे साथै लंदन स्कुल अफ इकोनेमिक्समा भर्ना भई त्यहाँ उनले डाक्टरेट गरी रुपैयामा समस्यामा आफनो थेसिस लेखे त्यही थेसिसको अधारमा भारतमा भारतीय रिर्जव बैंक स्थापना भएको हो । 

यसरी उनी ३२ वटा बिषयमा डिग्री हासिल गरेको उहाँको वायोग्राफीवाट थहा हुन्छ । आर्थिक समस्याले गर्दा लंदनको पढाईलाई बीचमै छाडेर १९१७ मा भारत फर्किए ।

संघर्ष 

१९१८ मा वहाँलाई बडौदा महराजद्धारा सिडेलहम कालेज आफ कामर्स एण्ड इकोनामिक्सका राजनितिक अर्थव्यवस्था विषयको प्रोफेसर पदमा नियुक्त भए । उनलाई त्यो सहरमा कसैले डेरा दिन मानेन अन्तिममा एउटा गेष्ट हाउसमा उनी आफ्नो थरलाई लुकाएर कोठा लिए पछि मान्छेहरुलाई थाहा भए पछि उनलाई अपमानित गरी गेष्टहाउसवाट निकाला गरिएको घटनाले उनलाई अत्यन्तै दुखी बनाएको थियो । उनी उक्त कलेजको प्रिन्सपल समेत थिए र सवै प्रोफेसर भन्दा धेरै पढेका थिए तर उनलाई अछुत भनेर अनेकन कष्ट भोग्नु परेको थियो । कलेजमा पानी पीउनको लागी राखिएको गाग्रीबाट उनलाई पानी पीउन दिदैन थियो । कलेजको पिउनले राजिष्टर दिंदा टेबलमा फालेर दिन्थयो । छोइन्छ भनेर हातमा रजिष्टर फाइल दिदैन थियो । त्यस पछि उनी दलित, पिछडा वर्ग, महिला, धार्मिक अल्पसंख्यकहरुको अधिकार तथा समाजिक न्यायको लडाई शुरु गरे । 

भारत सरकार अधिनियम १९१९ को तयार गरीरहेको साउथ बरो समितिले उनलाई आमन्त्रण गरयो । उक्त समितिको छलफलमा उनी दलित र अन्य र्धािमक समुदायको लागी पृथक र्निवाचन र आरक्षण दिनु पर्ने वकालत शुरु गरेका थिए । 

शिक्षित बनौं । संगठित होऔ ।।  संघर्ष गरौं  ।।। 

यो बाबा साहब डा.भिमराव अम्बेडकरको मूलमन्त्र रहेको छ । उनका अनुयायीहरु अहिले पनि यो मुलमन्त्रलाई व्यानरको हेडलाइनमा लेख्ने गरेको पाइन्छ । उनको माननु थियो कि समिान्तकृत, दलित, अछुतहरुले आफूलाई विभेदवाट मुक्त हुनको लागी र सम्मान पाउनको लागी सर्वप्रथम शिक्षा ग्रहण गर्नु पर्दछ । सवैले अ आफनो सन्ताललाई पढाउनु पर्दछ । पहिला पढ अनि लड । त्यस पछि थियो संगिठ होउ । आफनो अधिकारको लडाई लडनको लागी आफ्नो समाजको उत्थानको लागी समानता र समताको लागी आफनो सम्मान, स्वाभिमान र पहिचानको लागी तथा सासक बन्नको लागी संठित हुनैपर्छ । त्यसकारण संगठित होउ । शिक्षित बनि सकेर संगठनिक भए पछि संघर्ष गर । आफनोे अधिकारको लागी संघर्षको कार्यक्रमहरु अगाडी वढाउ । तर ज्ञात रहोस सघर्ष सदैव अहिंस्रक तथा शान्तिपुर्ण हुनुपर्ने उनको जोड रहेको थियो । 

बाँम्बे हाईकोर्टमा कानूनको प्रैक्टीस गर्दै उनले रिटको माध्यमवाट अस्पृश्यहरुलाई शिक्षाको अधिकारलाई संरक्षण गर्ने प्रयास गरे । त्यसपछि उनले संगठित गर्ने उद्देश्यले पहिलो पटक “बहिष्कृत हितकार्णिी सभा” को स्थापना गरेका थिए । जसको उद्देश्य शिक्षा र समाजिक तथा अर्थिक सुधार थियो । 

कालाराम मन्दिर प्रबेश सत्याग्राह

दलित, अछुत, अपृश्यहरु मन्दिर प्रबेश गरे भने मन्दिर अपबित्र हुन्छ, यो धर्मको विरुद्ध छ भन्दै दलित, अछुत, अपृश्यहरुलाई मन्दिर प्रबेशमा व्रहमणहरुले रोकलगाएको अवस्थामा सन १९३० मा डा. अम्बेडकरको नेतृत्वमा कालाराम मंन्दिर सत्याग्रह गरिएको थियो ।जसमा लगभग पन्ध्रासय दलित अगुवाहरुले भाग लिएका थिए । पहिलो पटक महिला र पुरुष संगै आन्दोलनमा सहभागि भएका थिए । उक्त आन्दोलन भगवानको दर्शन भन्दा पनि छुवाछुत र मन्दिर प्रबेश निषेधको विरुध रहेको थियो । आन्दोलनकारीहरु मन्दिरको गेट सम्म पुग्न लाग्दा गेटमा रहेका व्राहण पुजारीहरुले गेटनै बन्द गरिदिए । विरोध प्रर्दशन उग्र भए पछि पुजारीहरु बाध्य भई मन्दिरको गेट खोले र फलस्वरुप दलितहरु मन्दिरमा प्रबेश गर्न पाए । त्यो दिन देखी आज सम्म त्यो मन्दिर सवैको लागी खुल्ला भयो । अहिले दलितहरुको लागी पनि सहजै प्रबेश हुने अवस्था छ ।

अछुतहरुलाई पृथक निर्वाचन क्षेत्र दिने घोषण गाँधी बिरोध गर्दै पुणेको यरवदा सेंट्रलजेलमा आमरण अनसन शुरु

सन १९३२ मा ब्रिटिश सरकारले अम्बेडकर संग सहमती गर्दै अछुतहरुलाई पृथक र्निवाचन क्षेत्र दिने घोषण गरे पछि महात्मा गाँधीले त्यसको विरोध गर्दै, पुणे स्थित यरवदा सेंटेल जेलमे आमरण अनशन शुरु गरेका थिए ।

पुना पैक्ट (पुना समझौता)

अम्बेडकर दलित, शोषित, पीडितको अवाज वनिसकेका थिए । अन्याय र अत्याचारको खिलाफ उभिने एक सहासी र जुझारु नेताको रुपमा उभिएका थिए । उनमा ज्ञानको भण्डारनै थियो । त्यसैले उनलाई सिम्बोल अफ नलेज भन्ने गरिन्छ । व्रिटिश  सरकारका प्रधानमन्त्री देखी उच्चपदस्थ अधिकारीहरु संग राम्रो सम्बन्ध भइसकेको अवथस्था थियो । द्धतीय गोलमेच सम्मेलनमा भाग लिन अम्बेडकर आफनो साथीहरु संगै बेलायत गएका थिए । उक्त सम्मेलनमा उनले भारतको अछुतको अवस्था र हिन्दुहरुद्धारा दलित समुदाय उपर गर्दै गरेको भेदभाव तथा छुवाछुतको विषयमा जोडदार रुपमा उठाएका थिए र उनी यहाँ सम्म भनेकी यदी दलित, अछुत र अल्पसंख्यकहरुलाई बराबरीमा ल्याउने हो भने ती समुदायहरुलाई राजनितिक भागीदारी सुरक्षित गर्न सक्नु पर्दछ । तीनीहरुलाई पृथक र्निवाचन क्षेत्र र्निधारण गर्नु पर्दछ । फलस्वरुप १६ अगस्त १९३२ को बृटिश प्रधानमन्त्री रेम्मजे मैम्डोन्लडनले दलित सहित ११ समुदायलाई पृथक निर्वाचन मंडल प्रदान गरियो । यसरी दलित बर्गलाई दुई भोटको अधिकार प्राप्त भयो । एउटा भोटले दलितले आफनो प्रतिनिधि चुन्नेछन । दलित प्रतिनिधि केवल दलितको भोटवाट चुन्ने तय भयो । मतदाता पनि दलित बर्ग र मतदाता पनि दलित वर्गको हुने । यो ब्यवस्था यदि लागु भएको भए दलित समुदाय अहिले सम्म धेरै माथि सम्म पुग्न सक्थे । 

दलित समुदायको लागी गरिएको पृथक र्निवाचन मंडलको व्यस्थालाई महात्मा गाँधीले भरपुर विरोध गरे । २० सितम्बर १९३२ देखि गाँधीले अनसन शुरु गरेपछि अम्बेडकर र गाँधी वीच धेरै नोकझोंक चलयो । एक पटक अम्बेडकरले गाँधीलाई इन्गित गर्दै भने कयौं महात्मा आए र हवाको झोंक जस्तै गए तर अछुत अछुतनै रहे । 

अम्बेडकर दलित पक्षमा उभिरहे भने गाँधी सर्वणहरुलाई सुरक्षति राख्न खोजे अन्तिममा अम्बेडकर आफनो मागमा अडिग भए पछि उनलाई देशद्रोहीको करार दिदै उनको व्यापाक विरोध हुन थाल्यो । गान्धीले पत्र लेख्दै व्रिटिश प्रधानमन्त्री संग बदल्न लगाए तर प्रधानमन्त्रीले नमाने पछि गान्धीले अमरणअनसन शुरु गरे । गान्धि मृत्यु शैयामा भए पछि धैरै दवाव सृजना भई अम्बेडकरले पृथक र्निवाचनको माग छोडदै मिश्रित र्निवाचन प्रणाली अन्र्तगत १५० सिटलाई आरक्षित गर्दैे सहमति भई २६ सितंबर १९३२ मा गान्धी र अम्बेडकर वीच समझौता भयो जसलाई पुना पैक्ट भनिन्छ ।

 संबिधानको मस्यौदा समितिको अध्यक्षमा अम्बेडकर 

सन २९ अगस्ट १९४७ मा डा.भीम राव अम्बेडकर संबिधानको मस्यौदा समितिको अध्यक्ष पदमा चयन भएका थिए । विश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक मुलुकको संबिधान भारतको संबिधानको मस्यौदा २ बर्ष ११ महिना १७ दिनमा तयार भएको थियो । उक्त संबिधान २६ नोमेम्बर १९४९ मा एडप्ट गरिएको थियो । संबिधान एडप्ट गर्नु भन्दा एक दिन अगाडी १९४९ मा संबिधान सभाको कामको समीक्षा गर्दै अम्बेडकरले भन्नु भएको थियो । संबिधान जतिसुकै राम्रो भए पनि संबिधान प्रयोग गर्ने नेताहरु खराब भए भने संबिधान खराव हुन्छ । संबिधान जतिसुकै खराब भए पनि त्यसलाई प्रयोग गर्ने नेताहरु राम्रो भए  भने संबिधान राम्रो सावित हुन्छ । सात जनाको समिति भए पनि सदस्यहरु वाहिर रहेको हुनाले अम्बेडकरले एक्लैलै सम्पुर्ण संबिधानलाई लेखेका थिए । भारतको संबिधान जारी हुनु भन्दा पहिला भारतमा महिलाहरुलाई भोटको अधिकार थिएन । तर संविधान जारी संगै महिलाहरुलाई पनि पुरुष जस्तै भोट अधिकार प्रदान गरियो । लोकतान्त्रिक मुलुक, संघीयता, कानूनको शासन, शक्ति पृथिकीकरण, समानता, समता, आरक्षण, प्रतिनिधित्व, समाबेशीता, स्वतन्त्र न्यायपालिका, अधावधिक निर्चवाचन, लिखित संबिधान, तीन तहको सरकारआदी भारतको संबिधानको प्रमुख बिशेषता हो । अम्बेडकरलाई भारतको संबिधानको र्निमाताको साथसाथै भारतको संबिधानको जनक पनि भन्ने गरिन्छ । 

स्वतन्त्र  भारतको प्रथम कानून मन्त्रीको पदमा डा.अम्बेडकर 

भारत स्वतन्त्र भए पछि जवाहरलाल नेहरु प्रधानमन्त्री भएको मन्त्री परिषदमा बाबु जगजीवन रामलाई मन्त्री बनाए तर डा. अम्बेडकरलाई मन्त्री नबनाए पछि जनस्तरमा ठूलो विरोध भयो । देशको विभिन्न ठाँउवाट सरकारलाई दवाव दिइयो,ठाँउ ठाँउमा आन्दोलन शुरु भए पछि सरकार वाध्य भई डा. भीमराव अम्बेडकरलाई कानुन मन्त्रीमा नियुक्त गर्यो । कानून मन्त्री रहदा उनले धेरै समाज सुधारक कानूनहरु र्निमाण गरेका थिए । भारतको महिला श्रमिकको लागी कयौं कानूनहरु र्निमाण गरेका थिए । जसमा मातृत्वलाभ, महिला श्रम कल्याण निधि, महिला र बाल श्रम संरक्षण अधिनियम पनि थियो । उनले जव हिन्दुकोड बिल बनाए त्यस पछि उनको ब्यापक विराध भयो । हिन्दुकोड विलमा महलिाहरुको सशक्तिकरण र समानताको उद्देश्यले र्निमाण गरिएको थियो । महिलाहरुलाई पैतृक सम्पत्तिमा अधिकार दिलाउनु, महिलाको समाजिक उत्थान गर्नु, आफुले राजेको युवा युवतीले विवाह गर्न पाउने, एकल  महिलाले पुनर विवाह गर्न पाउने, महिलाले पुरुष संग तलाक लिन सक्ने, छोरीलाई पनि गोद लिन सक्ने, वहुविवाह निषेध गरिएको । अन्तरजातीय विवाह गर्न पाउने, कुनै पनि जातीको वच्चालाई धर्मपुत्र बनाउन सकिने जस्तो अनेकन राम्रो व्यवस्थाहरु थियो । ११ अप्रिल १९४७ मा स्वतन्त्र भारतको पहिलो कानुन मन्त्रीको हैसियतमा अम्बेडकरले यो विधेयकलाई संसदमा प्रस्तुत गर्नु भएको थियो । जसमा हिन्दु महिलाको लागी सम्बन्ध विच्छेद, विधवा विवाह, पुरुष वरावरको सम्पत्तिको हक, अन्तरजातीय विवाह लगायतका व्यवस्थाहरु गरिएको थियो । तर उक्त हिन्दुकोड विल कट्टर हिन्दु समुदायका मान्छेहरुलाई सहन भएन र हिन्दु महिलाहरु समेत अम्बेडकरको विरोधमा उत्रिए र उनलाई हिन्दु विरोधी र देशद्रोहीको सज्ञा दिइयो । देश भरमा ब्यपाक विरोध भए पछि नेहरु नेतृत्वको सरकारले उक्त विधेयक फिर्ता लियो । डा. अम्बेडकर हरहालमा हिन्दुकोड विल पारित गराउनमा वढि खुशी महशुस गर्ने बताउथे ।तर सरकारले विधेयक फिर्ता लिएकै दिन उनी कानून मन्त्रीको पदवाट राजीनामा दिई सोही दिन सरकारी निवास खाली गरेका थिए ।   

110 Dr. B. R. Ambedkar ideas in 2021 | photo album quote, photo frame  gallery, b r ambedkar

अम्बेडकरको निजि जिवन (परिवार)

डा. भिम राव अम्बेडकरको विवाह १९०६ मा रमाबाई संग भएको थियो । तब उनी १५ बर्षका थिए र उनको पत्नी रमाबाईको उमेर ९ बर्षको थियो । डा.अम्बेडकर र रमावाईवाट उनका चार संन्तानको जन्म भएको थियो । क्रमशः यसवन्त, गंगाधर, राजरतन र इन्दु थिए । 

अम्बेडकरले आफनो परिवारलाई समय दिन सकेका थिएनन । अम्बेडकरको घरमा खाने कुरा हुदैन थियो । जसले गर्दा उनको परिवार कयौं दिन भोकै बस्नु पर्दथ्यो । पत्नी रमावाई गोइठा बनाउथिन र वजारमा त्यही गोइठा बेचेर छोराछोरीलाई पालन गर्दथिइन । 

भनिन्छ की कुनै पुरुषको कामयाबीको पछाडी कुनै महिलाको हाथ हुन्छ । अम्बेडकरको जीवनमा पनि त्यही भएको हो जस्तो लाग्छ । जुन अम्बेडकरको जीवनको एउटा घटनाले पुष्टि गर्दछ । अम्बेडकर आफनो पढाईको लागी लंदनमा थिए, तव उनी संग पैसा थिएन र आफनो पत्नीलाई चिठ्ठी लेख्दै यदि केही पैसा छ भने पठाई देउ यहाँ म संग पैसा नभएर भोकै बस्नु परेको छ, त्यती वेला घरमा उनको छोरी इन्दु विमार थिइन तर रमाबाईले छोरीको विमारीलाई लुकाउदै आफूसंग रहेको थोरै पैसा पनि अम्बेडकरलाई पठाइन । जसले गर्दा छोरीको उपचार हुन नसकेर वालअवस्थामै छोरी इन्दु मृत्युवरण हुन पुगिन । 

उनको छोरा गंगाधर र राजरत्न पनि विमार भई घरमा पैसाको नभएकोले औषधी उपचार गराउन नसकेर दुबै छोराको मृत्यु भएको थियो । 

उनको दोस्रो छोरा राजरत्नको लामो समय सम्म विमारभई उपचार नपाएर उनको मृत्यु भयो । डा. अम्बेडकर छोराको मृत्युको खबर थाहा पाए पछि घरमा आए । तर उनी संग छोराको लास ढक्नको लागी कत्रोसेतो कपडा किन्ने पैसा समेत थिएन । तव उनकी पत्नी रमावाईले आफनो साडीलाई च्याती लास ओढाउनलाई दिएकी थिइन । अम्बेडकरले त्यही दिन कसम खाएका थिए की मेरो छोरा राजरतनले यो देशमा राज गर्न त सकेन तर यो देशका हाजरौं रमावाईको कोखवाट जन्मने हरेक राजरातनलाई यो देशको शासक बन्ने व्यवस्था ल्याउछु । फलस्वरुप अहिले भारतका दलितका सन्तानहरु उच्च ओहदामा रहेका छन । भोकमरी र विमारीको कारण उनको पत्नी रमावाईको उनको ३५ बर्षको उमेरमा १९३५मा देहान्त भयो । यती सम्म त्याग गर्ने नेता विश्वमै सायद भेटिदैनन होला । 

बौधधम्म ग्रहण 

हिन्दु र्धमको धर्म ग्रन्थहरुमा सुधार गर्न सकिने अवस्था नभए पछि उनी १४ अक्टुवर १९५६ को दिन नागपुरमा उनी आफनो पाँच लाख सर्मथकहरु सहित बौध धम्म ग्रहण गरेका थिए । उनले भनेका थिए हिन्दु भएर जन्मेको त हुं तर म हिन्दु भएर मर्न चाहदैन । यसरी उनी धर्म परिर्वतन गरी बौधिष्ट भएका थिए । उनले सन १९५५ मा भारतीय बुद्ध महासभाको स्थापना गरेका थिए । सन १९५६ उनले “दि बुद्धा एण्ड हिज धम्म” लेखे । उक्त किताब उनको मृत्यु पश्चात प्रकाशन भएको थियो । 

डा. अम्बेडकरद्धारा लेखिएका किताबहरु 

सन १९१६ कास्ट इन इंडिया दयर मेकेनिज्म, जेनेसीस एण्ड डेवलपमेन्ट, १९२० मूक नायाक, १९२३ दी प्रोबलम आँफ दी रुपैया इटस ओरिजिन एण्ड इटस सोल्यूशन, १९२७ बहिष्कृत भारत, १९३६ दी एनहिलेशन आँफ कास्ट, १९३३ फेडरेसन वर्सेज फ्रिडम, १९४० थाट्स आँन पाकिस्तान, १९४३ रानाडे, गाँधी र जिन्ना, मिस्टर गाँधी एण्ड इमेसीपेशन आँफ अनटचेबल, व्हाट काँगे्रश एण्ड गाँधी हेब इन टु दी अनटचेबलस, पाकिस्तान या भारत विभाजन, स्टेट आफ माइनोरीटि, हु आर शुद्र, बुद्धा वा काल माक्र्स, दी बुद्धा एण्ड हिज धम्मा, रिडल्स इन हिन्दुइज्म, मनु एण्ड शुद्र आदी पुस्तकहरु अम्बेडकरले लेखेका थिए । यी पुस्तकहरु अत्यन्तै प्रेरणा दायी पुस्तकहरु हुन । 

मृत्यु  

जीवनको अन्तिम बर्षमा डा. भीमराव अम्बेडकरको स्वास्थ्य खराब हुन लागेको थियो । १९४८ मा उनलाई मधुमेहको कारण उनको आँखाको ज्योती कम हुदै गयो । मधुमेह र खराब स्वास्थ्य संग जुद्धदै उनी ६ डिसेम्बर १९५६ को दिन अन्तिम साँस लिई मृत्युवरण हुनु भएको थियो । मृत्यु भन्दा अगाडी उनी बौद्ध धम्म ग्रहण गरिसकेको हुनाले उनको अन्त्मि संसकारण बौद्ध धर्म अनुसार गरिएको थियो । सन १९९० मा उनलाई भारत रत्न दिएको थिइयो ।      

अन्तमा 

बाबा साहेब डा. भीमराव आम्बेडकर बिश्वकै चर्चित बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए जसले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसहरु माथि हुने भेदभावको विरोधमा अभियान चलाएका थिए । उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए । आम्बेडकर विपुल प्रतिभाका छात्र थिए । उनले कोलम्बिया विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्स, दुबैबाट नै अर्थशास्त्रमा विद्यावारिधिको उपलब्धि प्राप्त गर्नुका साथै कानुन, अर्थशास्त्र र राजनीति विज्ञानमा शोध कार्य पनि गरेका थिए । पेसागत जीवनको प्रारम्भिक भागमा अर्थशास्त्रका प्राध्यापक र वकालतमा लागेका बाबासाहेब आम्बेडकर पछि राजनीतिमा सक्रिय भए । उनले भारतको स्वतन्त्रताको प्रचारप्रसार तथा चर्चामा सहभागी हुँदै पत्रिकामा लेख प्रकाशन, राजनीतिक अधिकारहरूको वकालत र दलित समुदायको सामाजिक स्वतन्त्रका लागि आवाज उठाई स्वतन्त्र भारतको पुनर्निर्माण तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिना पछि नै उनको निधन भयो । सन् १९९० मा उनलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्नद्वारा सम्मानित गरियो । प्रत्येक वर्ष उनको जन्मदिनलाई भारत लगायत अन्य देशहरूमा आम्बेडकर जयन्तीको रूपमा मनाइन्छ । सन् २०१२ मा भारतमा लिइएको सर्वेक्षण अनुसार आम्बेडकरलाई महानतम भारतीय घोषणा गरिएको थियो । वर्तमानमा प्रचलित संस्कृतिमा पनि विभिन्न प्रतिमा र चित्रले आम्बेडकर अमर बनेका छन् ।

 

बाबा साहव डा.भीम राव अम्बेडकरको १३० औं जन्म जयन्तीको शुभ पावन असरमा सवैमा हार्दिक मंगलमय शुभकामना 

 

Featured News

Advertisement