शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

युवाहरुको राष्ट्रियकरण भएन : शमशाद आदिल



सोमबार ९ , चैत्र २०७७

युवाहरुको राष्ट्रियकरण भएन : शमशाद आदिल एस टुगेदर वी क्यान द्वारा आयोजित राजनीतिमा पुस्ता हस्तान्तरण विषयक कार्यक्रममा बोल्दै शमशाद आदिलले भने , युवाहरुको राष्ट्रियकरण भएन । मधेशका अधिकांश क्षेत्रका युवाहरु सम्म सूचना तथा सञ्चारको प्रबल पहुंच नभएकोले युवाहरु राष्ट्रको नीति योजना र सेवा सुविधा बाट अनभिज्ञ हुदै गएका छन । सत्य तथ्य सूचनाहरुको पर्याप्त मात्रामा प्रवाह गरेर युवाहरुको राष्ट्रियकरण गर्न आवश्यक रहेको शमशाद आदिल ले बताए ।

मधेशी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा शमशाद आदिलले आफ्नो कुरा जोड्दै भने , सत्य सूचनाको अभावमा नागरिक एउटा रोबर्ट जस्तै हुने गर्दछन । उनलाई राजनैतिक शक्तिहरुले जस्तै सुकै अवस्थामा मनपरि ढंगले प्रयोग गर्न सक्छन । राज्यका विभिन्न निकायहरुमा मिनीमम उमेर तोकेको छ तर त्यही पोस्टमा उमेरको हदबन्दी गरिएको छैन जसकारण पनि युवा हरुले आफ्नो भूमिका खेल्न नसकेको उनले बताए ।

युवाहरुले आफ्नो नियत दरुस्त गरेर चौतर्फी परिवेश बुझ्दै आफ्नो हकअधिकारका लागि आवाज उठाउनु पर्ने बताए। युवाहरुलाई राष्ट्रियकरण गर्न कानूनी साक्षरताको अभियान सञ्चालन गर्न र सूचना प्रवाहका लागि चौतर्फी पहल गर्न आवश्यक रहेको उनले बताए ।

Featured News

Advertisement