शनिबार ४, बैशाख २०७८ Sat,17 Apr 2021

“ राजनीतिमा पुस्ता हस्तान्तरण ” विषयक कार्यक्रम सम्पन्न



आईतवार ८ , चैत्र २०७७

 एस टुगेदर क्यान द्वारा आयोजित “ राजनीतिमा पुस्ता हस्तान्तरण ” विषयक कार्यक्रम मधेशी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्त ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । युवाहरुमा जिज्ञासा धैर्यता र नेतृत्व क्रमवद्ध रुपमा विकास हुदै गएको आयोगका अध्यक्ष डाक्टर विजय ले जिकिर गरे । उनले आफ्नो कुरा थप्दै भने , लोकचेतना, जनचेतना, सचेतना , रूपान्तरण, सशक्तिकरण र पहुँच जस्ता विषयमा कार्यमा अभियान चलाउन आवश्यक रहेको बताए ।

विशिष्ट अतिथि वक्ताको रुपमा नरेश ज्ञवालीले मध्यम वर्गीय युवाहरुले ईमानदारी पूर्वक आफ्नो समाजको अध्ययन गर्न जरूरी रहेको बताए । मध्यम वर्गीय परिवारका विद्यार्थी युवाहरु सच्चिए मात्र नेपालको विकास हुन सक्ने बताए । कार्यक्रममा स्वागत मनतब्य राख्दै शमशाद आदिल ले भने मधेशका युवाहरुको राष्ट्रियकरण हुन अत्यन्त आवश्यक छ, युवा जमातमा राष्ट्रको नीति नियम र अवसर र सेवाहरुको तुलनात्मक रुपमा डेलिभरी हुन नसकेको बताए । कार्यक्रमका सभापति चूड़ामणि यादवले निरन्तर विद्यार्थी युवाहरुको बीचमा रहेर युवाहरुमा क्षमता विकास समस्या समाधान र निकासका लागि एस टुगेदर वी क्यान तैयार रहेको प्रतिबद्धता जाहिर गरे । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य तथा कानून अध्ययनरत रहेका कुन्दन शाह ले गरेका थिए । मधेश मीडिया हाउसमा सञ्चालन भएको कार्यक्रम कानून, समाजशास्त्र, अर्थशास्त्र शिक्षा लगायत क्षेत्रमा अध्ययनरत रहेका विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

 

Featured News

Advertisement