संसद पुनर्स्थापनाको आदेश पछि कपिलवस्तुमा खुशियाली मनाउँदै स्थानीय
शमशाद आदिल ।
संसद पुनर्स्थापनाको लागि सर्वोच्च अदालत द्वारा जारी भएको निर्देशन पछि देशै भरी लोकतांत्रिक शक्तिहरुले खुशियाली मनाएका छन । कपिलवस्तु को तौलिहवा स्थित स्थानीय नेताहरुले सामुहिक रुपमा मैन बत्ती जलाएर खुशी साटासाट गरेका छन । नेपाली कांग्रेसका नेता हरिशचन्द्र पाठक, अब्दुल करीम, अवधराम यादव तथा जनता समाजवादी पार्टी बाट नेता राजेन्द्रमणि पाठक, धीरेन्द्र पाठक स्वतंत्र राजनीतिक समूह का संयोजक राकेश कुमार पाठक सह संयोजक अनारूल्लाह मुसलमानहरुले सामुहिक रुपमा संविधान प्रति विश्वास र सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरेका छन । संसद पुनर्बहाली भएपछि देशमा स्थिरता र समृद्धिको लागि अभियान चलाउने कुरा नेता हजरत अलि खानले जिकिर गरे। उनले आफ्नो कुरा थप्दै भने, संविधानको रक्षार्थ सर्वोच्च अदालतले दिएको फैसला ले देशमा नागरिक सर्वोच्चता कायम गरेको छ । जनताको आश र भरोसालाई संरक्षण गरेको छ ।