बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

मेलिनासँग सन्तोष खरेलको लगन जुर्यो सार्वजनिक ।



शुक्रबार २४ , पुष २०७७

लक डाउनको समयमा युटियूव मार्फत गायक सन्तोष खरेलले तिम्रो मेरो लगन जुर्यो वोलको गीत सार्वजनिक गर्नुभएको छ ।
मेलिना राई र सन्तोष खरेलको स्वरमा रहेको यो डान्स गीतमा शब्द र संगित पनि खरेलकै रहेको छ । ‘यो मन’ एल्बमभित्र समेटिएको गीतलाई जुन, ८ मा सार्वजनिक गरिएको हो ।
प्रदिप श्रेष्ठले एरेन्ज गरेको गीतको मिक्सिङ रदिफ श्रेष्ठले गर्नुभएको छ ।
यसअघि खरेलका अन्नत यात्रा, एक नजर, तिम्रो साथ, प्रेमी पागलपन र यो मन गीति एल्बम सार्वजनिक भइसकेका छन् ।
खरेलका ‘छन तिम्रा लागि रुने धेरै छन’, ‘नेपाल आमा देश बँचाउन’, ‘शान्तिको पूmल पूmल्छ’ लगायतका चर्चित गीतहरु रहेका छन् ।
विभिन्न गायकहरुको धेरै गीतहरुमा खरेलले संगित गर्नुभएको छ ।
खरेल गीतकार तथा कवि पनि हुनुहुन्छ ।