बिक्रि नभएपछि बारीमै बुढो भयो तरकारी
बिहीबार
२३ ,
पुष
२०७७
Aadil Times
65
लकडाउनका कारण बजार अभाव भएपछि किसानले लगाएको तरकारी बारीमै बुढो भएको छ । उत्पादनको मुख्य सिजनमै बिक्रि नलागेपछि खानै नमिल्ने गरी हरियो तरकारी बारीमै छिप्पिएको हो ।
‘बिक्रिका लागि बजार लगेपनि तरकारी बिक्दैन,’ बारीमै फुलेको मूला देखाउँदै फिदिम २ अर्खौलेका नन्दकुमार ढुंगानाले भने ‘बिक्रि नभएपछि मूला यसरी फुलेर गयो । मूला फुलेपछि खानै नमिल्ने गरी फोस्रो हुन्छ ।’ नजिकैको फिदिम बजारमा लैजादा पनि बिक्रि नलागेको उनले सुनाए ।
लडाउपछि फिदिम बजार सुनसान छ । गाँउबाट आएर बजारमा बसोबास गर्ने अधिकांश मानिहरु गाँउ फर्किएका छन् । कृषिउपजका कारोबार हुने शनिबारे हटिया पनि बन्द छ । तुलनात्क रुपमा अहिले बजारका उपभोक्ताहरु घटेका छन् । उभोक्ताहरु घटेपछि फिदिम आसपासमा व्यवसायिक रुपमा उत्पादन गरिएको तरकारीले बजार नपाएको हो ।