आईतवार ५, बैशाख २०७८ Sun,18 Apr 2021

किसानलाई कोरोनाको भन्दा फौजि किराको डर



बिहीबार २३ , पुष २०७७

पाँचथरको हिलिहाङ गाँउपालिका ४ सिबुवाका डिल्लि चम्लागाई चैत ९ गते झापाबाट घर आए । ११ गतेदेखि सुरु भएको लकडाउनको समय लम्बिएसँगै परिवारका सबै सदस्य फुसर्दिला बने । फुर्सदको समयलाई सदुपयोग गर्दै उनी र उनको परिवारले पाँच बर्ष अघिदेखि बाँझिएको जमिनमा मकै खेती गर्न भ्याए ।

‘यो साल खेती गर्न मौसमले पनि साथ दिएको थियो,’ चम्लागाँईले भने ‘मकै हुर्कन थालेपछि फौजि किराले बाली नै सखापा पार्न थाल्यो ।’ चम्लागाई परिवाले जस्तै अधिकांश किसानले यो बर्ष बाँझिएका खेतबारीमा मकै खेती गर्न भ्याएका छन् । खेतबारीमा सप्रिएको मकैबाली हुन लागेपछि किसानहरु कोरोना भाईरस (कोभिट–१९) को त्रासा भन्दा फौजि किराको त्रासमा छन् । मुख्य खाद्यबाली मकैमा फौजि किराको प्रकोप बढेपछि किसानलाई रोग भन्दा भोकको चिन्ता लाग्न थालेको हो । 

मकै बाली नै सखाप हुने स्थिति बनेको भन्दै किसानहरु छटपटिन थालेका छन् ।  सुरुवाती चरणमा मकैको पातमा किराले फुल पार्ने र त्यसबाट हुर्केको लार्भाले मकैको गुभो खाएर सखाब बनाउने गरेको सूर्योदय कृषक समूह अध्यक्ष बिनोद तिम्सिनाको भनाई छ । ‘दुई चार दिनमै किराले मकै सखापा पार्छ,’ उनले भने ‘किराले बारीको मकै खाएर सक्यो ।’

पाँचथरमा यो बर्षदेखि मकै बालीमा फौजि किराको प्रकोप बढेको हो । मकैमा किरा देखिन थालेको पाँच दिनमै बाली सखाप पार्ने गरेकोे हिलिहाङ ४ किसान हरीप्रसाद सुवेदीको भनाई छ । ‘यो साल ठूला ठूला टारबारीमा मकै खेती सप्रिएको थियो,’ सुवेदीले भने ‘अहिले त किराले मकैनै नरहनेजस्तो बनायो ।’ सुरुमा एक दुईवटा मकैको बोटमा किरा लागेपछि केही दिनमै बारीमा भएको सबै मकै किराले खाएर ठुुट्टै बनाउने गरेको हो । किरानाले खाएको मकैको बोट हेर्दा एउटा पनि मकैमा फल नलाग्ने  अर्का सिकान डिल्लि सुवेदीले भनाई छ । 

Featured News

Advertisement