बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

स्वास्थ्य उपकरण खरिदमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्नुपर्ने काँग्रेस सभापतिहरुको माग



बिहीबार २३ , पुष २०७७

नेपाली काँग्रेसका सभापतिहरुले बिवादस्पद स्वास्थ्य उपकरण खरिदमा मुछिएका स्थ्वास्थ्यमन्त्रीलाई बर्खास्त गरी भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरेका छन् । ७७ ओटै जिल्लाका सभापतिहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गरेर उपकरण खरिदमा मुछिएका मन्त्री र उच्चस्तरिय समितिलाइ तुरुन्त बर्खात गरी भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरेका हुन् । 

सभापतिहरुले बिज्ञप्तिमार्फत ११ बुँदे धारणा सार्वजनिक गरेका हुन् । सरकारले मानव स्वास्थ्यमाथि खेलवाड गर्न थालेको भन्दै आपत्ति समेत जनार्र्र्र्ईएको छ । ‘न्युनतम मानविय संवेदनालाई पनि कुल्चेर करोडौँको भ्रष्टाचासँग जनताको जिउधन सौदाबाजी गर्ने सरकारी खेलप्रति हामी घोर भ्रत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ‘स्वास्थ्य सामग्रिको आपुर्तिको जिम्मा सेनालाई सुम्पने निर्णय सरकारको जिम्मेवारीबाट भाग्ने जनबिरोधी कदम हो ।’

उपकरण खरिदका लागि सेनालाई जिम्मेवारी दिने निर्णय तुरुन्त खारेज गर्नुपर्ने माग छ । ‘सरकार जनताप्रति दायित्वशील, जवाफदेही र जिम्मेवारी बनोस्,’ बिज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण नेपाल र भारतको सिमानामा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्नुपर्ने माग समेत गरिएको छ । सिमानामा रोकिएका नेपालीलाई तत्काल उद्धार गरी क्वारेन्टाइनमा राखेर उपचारको प्रबन्ध मिलाउनुपर्ने सभापतिहरुले धारणा राखेका हुन् । तेस्रो मुलुकमा रहेका नेपालीलाई पनि सरकारले उद्धार गर्नुपर्ने माग गरिएको हो ।