बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

भारतले नेपाली भूमी मिचेको बिरोध गर्दै पाँचथरमा नेबिसंघको प्रदर्शन



बिहीबार २३ , पुष २०७७

नेपाली भूमी भारतले हडपेको भन्दै नेपाल बिद्यार्थी संघ पाँचथरले फिदिम बजारमा सांकेतिक बिरोध प्रदर्शन गरेको छ । प्लेकार्ड र राष्ट्रिय झण्डासहित बजारको गणतन्त्र चोकमा जम्मा भएका बिद्यार्थीहरुले आधा घण्टा सडकमा उभिएर मौन रुपमा बिरोध जनाएका हुन् ।

‘भारतले भर्खरै मात्र लिपुलेकमा नेपाली भूमी हडपेर सडक निर्माण गरेको छ,’ नेबिसंघ पाँचथरका अध्यक्ष तुलसी आचार्यले भने ‘भारतको हेपाहा प्रबृत्तिको बिरोधमा हामी सडकमा उत्रिएका हौँ ।’ लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका ठाँउमा मिचिएको भूमी फिर्ता नभएसम्म आफ्नो आन्दोलन जारी रहेने बिद्यार्थीको भनाई छ । 

चिनिया नागरिकले राजधानिमै प्रहरीमाथि हातपात गर्नु र भारतको भूमी मिच्दासमेत सरकार मौन बसेकाले आफूहरु आन्दोलनमा उत्रनु परेको बिद्यार्थीको भनाई छ । देशलाई बचाउनका लागि लकडाउनको प्रवाह नगरी आन्दोलनमा उत्रनुपरेको नेबिसंघ पाँचथरका सहसचिब नबिन बुढाथोकीले बताए । 

‘यस्तो महामारीको बेला सडकमा उत्रने हाम्रो रहर हैन,’ बुढाथोकीले भने ‘देशको सुरक्षाका लागि तैनाथ हुनु बिद्यार्थीहरुको दायित्व भएकाले आन्दोलनमा उत्रनुपरेको हो ।’ आगामि दिनमा नेबिसंघले चरणबद्ध आन्दोलन गर्ने बताइएको छ ।