नेपाली चर्चित फुटबल खेलाडी बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको विषयमा थप रहस्य खुल्यो
नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी तथा स्ट्राइगर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युका विषयमा थप रहस्य खुलेको छ । उक्त घटनाका आरोपी भनिएका मनिषाका प्रेमी भनिने रुद्रनारायण चौधरीको हत्यामा कुनै संलग्नता नरहेको ठहर गर्दै मनिषाको निधन हत्या नभएर आत्महत्या ‘ह्याङ्गिङ’ , झुन्डिएर भएको पुष्टि भएको छ ।
२०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाले आँफै झुण्डिएर आत्महत्या गरेको कारण देखाउँदै मनिषाका प्रेमी अर्थात् हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई नवलपरासी जिल्ला अदालतले सफाई दिएको छ । सो दिन बिमलकी बहिनी मनिषा मृत अवस्थामा भेटिएपछि उनको हत्या चौधरीले नै गरेको आरोप परिवारले लगाएपछि उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालीएको थियो ।
यसअघि नै मनिषाको पोस्टमार्टम रिर्पोटले उनको हत्या नभई आत्महत्या भएको ठहर गरे पनि परिवारले जिद्धि गर्दै चौधरीले मनिषाको घटना भएको राति आफ्नो र मनिषाको झगडा भएको तर हत्या नगरेको बयान दिँदा दिँदै पनि परिवारको दबाबमा पक्राउ गरिएको थियो । त्यसपछि झुटो बोलेको हो या होइन भनेर पुष्टि गर्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर उनको पोलिग्राफ टेष्ट गर्दा पनि चौधरीले नढाँटेको प्रमाण्ति भएको थियो । यि सबै शिलशिलाकाबिच अन्तत अदालतले चौधरीलाई सफाई दिएको छ ।