बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन साहित्यकारलाई सम्मान गरिने



बिहीबार २३ , पुष २०७७

फाल्गुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष स्व.अमर नेम्बाङको जन्मजयन्तिको अवसरमा तीन जना साहित्यकारलाई पुरस्कारसहित सम्मान गरिने भएको छ ।  गाउँपालिकाले स्थापना गरेको ‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन जना स्रष्टा पुरस्कृत हुने भएका हुन् ।

साहित्यीक संस्था सेहोनाम्लाङ साहित्य समाजको आयोजना स्रष्टालाई सम्मान गर्न लागिएको हो । नौलो साहित्यिक बिहान समाज पाँचथर सह–आयोजकको रुपमा रहेको छ ।े बुधबार फिदिममा पत्रकार सम्मेलन गरी सम्मान तथा पुरस्कारबारे जानकारी दिएको हो ।

अमर नेम्बाङ स्रष्टा सम्मान २०७७ बाट सुनसरीको धरानका स्रष्टा प्रा.डा.भीम खतिवडा सम्मानित हुने भएका हुन् । खतिवडालाई ५० हजार नगद पुरस्कार सहित  ताम्रपत्रले सम्मान गर्न लागिएको हो । 

त्यस्तै अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार २०७७, फिदिमका स्रष्टा मधुराज केरुङलाई प्रदान गरिने भएको छ । केरुङलाई ४० हजार नगद पुरस्कार सहित सम्मान–पत्रले सम्मान गर्न लागिएको हो । अमर नेम्बाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७ पाँचथर फाल्गुनन्द गाँउपालिकाकी स्रष्टा मञ्जु नेम्बाङलाई प्रदान गरिने भएको छ । नेम्बाङलाई १० हजार नगद पुरस्कार सहित प्रशंस पत्र प्रदान गर्न लागिएको हो । 

सम्मान तथा पुरस्कार ६९ औं अमर नेम्बाङ जन्मजयन्ती समारोहको अवसर पारेर साउन २३ गते वितरण गरिने कार्यक्रम आयोजक संस्था सेहोनाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज बिरहीले जानकारी दिए ।  प्रदेश–१, का एक बिशिष्ठ स्रष्टालाई, जिल्ला भित्रका एक युवा स्रष्टालाई र गाउँपालिकाभित्रका एक नवोदित स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने गरी स्व.अमर नेम्बाङको सम्मानमा गाउँपालिकाले सम्मान तथा पुरस्कारको स्थापना गरेको कार्यक्रम सह–आयोजक संस्था नौलो साहित्य बिहान समाज पाँचथरका महासचिव प्रेम ओझाले जानकारी दिए ।