बुधबार ७, माघ २०७७ Wed,20 Jan 2021

लापरबाही नगरौं, सचेत बनौं र कोरोनाबाट बचौं



मंगलवार २१ , पुष २०७७

०७६ चैत १२ गते सरकारले लकडाउन गर्दा र कोरोनाको फाट्ट फुट्ट केस नेपालमा देखिंदा हामी निकै नै डराएका थियौं र होशियारीपूर्वक नेपाल र संसार भरको कोरोना संक्रमणको बारेमा चासो पुर्बक अधयन गरिरहन्थ्यौंं । सरकारले कडाइका साथ प्रभावकारी लकडाउन गरेको थियो । लकडाउन अवधी प्रारम्भको सात आठ दिनमानै जनताको राहात लगाएतका सवालहरु जनमानसमा उठेका थियो ।

काठमाडौँ उपत्यका भित्र रोजगारी लगाएतको सिलसिलामा रहेका बाहिरी जिल्लाका मान्छेहरु अत्तालिएका थिए । घर जान चाहेकाथिए । आवत जावतमा असहजताका भएका कारण कतिपय आक्रोसित समेत हुने गर्दथे । त्यति बेलासम्म सरकारसँग टेकुको सरुवा रोगअस्पतालमा मात्र स्वाब परिक्षण गर्ने ब्यवस्था थियो ।

सामान्य रुघाखोकी लागेका, ज्वरो आएका, घाँटी र छाती दुखेका मान्छेहरु आफूलाई कोरोना भएको हो कि भन्ने आसंका लिएर टेकुअस्पताल पुगेका हुन्थे । आम रुपमा सचेतना भन्दा पनि डर र त्रासको वातावरण बढी थोयो । सबैको मुखमा माक्स प्रयोग गरेको देखिन्थे। सामाजिक दुरी ध्यान दिएको देखिन्थ्यो । सेनेटाइजरको प्रयोग राम्रो भएको थियो । आम मान्छे जस्तै स्वास्थ्य क्षेत्रमा पनि आतंक रअन्योलमा थिए ।

कतिपय निजि अस्पतालहरुले सेवा नदिएकोले निकै आलोचित पनि बन्न पुगे । यो अबधिमा सरकारी अस्पताल, स्वास्थ्यकर्मी, प्रहरी रप्रसाशनको राम्रो परिचालनले सरकारले कोरोना संक्रमण नियन्त्रणको अवस्थामा नै राखेको थियो । संसारभर स्वास्थ्य सामाग्री अभावथियो । अमेरिकाले चाइनाबाट फ्रान्स लग्न लागेको सामाग्री निकै महंगो तिरेर अफ्नो देश लगेको थियो । अन्य देशको हालत् पनी तेहीथियो ।

सामाग्री पाउँदा पनि निकै महङ्गो मूल्य तिर्नु पर्दथ्यो । जे भएपनी जनताको आवाजको संबोधन गरेर स्वास्थ्य विभाग र सेना मार्फतऔषधि र सामाग्री ल्याउन सरकार सफल भयो । विदेशमा रहेका त्यसमा पनि भारतमा रहेका नेपाली फर्काउन पर्छ भन्ने आवाज सदन, सडक र सामाजिक संजालमा आउन थाले पछि सरकारले भारत लगाएत विभिन्न देशबाट आउन चाहानेहरुलाई ल्याउने प्रवन्ध गर्‍यो ।

देश भरका स्थानिय तहहरु निकै मेहेनतका साथ यो काममा लागे । होटल ब्यवसायी संघ HAAN ले सम्पूर्ण होटलहरु निश्चित मूल्यलिएर क्वारेन्टाइन बनाउन दिन सहमत भयो । सार्बजनिक क्षेत्रहरु, विद्यालयका भवनहरुलाई नगर पालिका र गाउँपालिकालेक्वारेन्टाइनको रुपमा प्रयोग गरे । ब्यवस्थापनका कतिपय विषय उठे पनि त्यो निकै राम्रो काम थियो ।

हबाइ यात्रुहरुलाई काठमाडौँ उपत्यकामा ७ ओटा होल्डिङ्ग सेन्टर बनाएर सेना, प्रहरीले खाना र यातायात व्यावसायिहरुले, सवारीसाधनको ब्यवस्थापन गरेर आ–आफ्नो घर पठाउने काम गरे । जब विदेशबाट फर्कने क्रम बड्यो कोरोना सक्रमणको केस पनि ह्वात्तैबडेको देखियो । सो नियन्त्रण गर्नु सरकारको लागि निकै चुनौती थियो ।

सम्पूर्ण स्वास्थकर्मी त स्वास्थ्य संस्थाहरु रात दिन स्ट्यान्डबाइ भएर खटेका थिए । सुरक्षाकर्मी र प्रहरीको त्यही तहको खटाई रह्यो । आजदेशभर पीसीआर टेष्ट गर्ने ल्याब २५ ठाउँमा सरकारले प्रबन्ध गरेको छ । सोही अनुपातमा निजि अस्पतालहरु पनि तयारी अबस्थामा छन्। देशभरका स्वास्थ निकायमा RDT Kit उपलब्ध छन् । सरकारले सबै अस्पतालहरुले आइसोलेसन वार्डको ब्यवस्था गर्न लगायो ।

प्रत्येक प्रदेश तहमा कोरोना उपचारको लागी विशेष अस्पतालहरु तोकिए । दक्षिण एसियाको अन्य देशको तुलनामा नेपालकोपीसीआर परिक्षण उच्च रहेको देखियो । नेपालीको प्रतिरोधात्मक क्षेमता धेरै भएको कारण कोरोना सक्रमित ३५ जनाको मात्र मृत्युभएको छ । यो भनेको अन्य देशको तुलनामा निकै कम हो । रिकभरी दर पनि निकै राम्रो छ । १६ हजार भन्दा बढि संक्रमित भएकोमा ७हजार ८ सय पूर्ण रुपले ठिकहुनु भनेको निकै राम्रो हो ।

यसरी यो अभियानमा ज्यान बाजि राखेर लाग्ने स्वास्थकर्मी, सुरक्षाकर्मी, प्रशासन, एम्बुलेन्स चालक, सामाजिक अभियान्ता, तिनैतहका सरकारहरु रेडक्रस लगायतका सामाजिक संस्थाहरुको भुमिका उच्च प्रसंसा योग्य छ । आज संक्रमित संख्या बढिरहदा मान्छेमारहेको डर भने निकै घटेको देखिन्छ ।

हिजो आज काठमाडौँ भित्र ट्राभल हिस्ट्री नभएका दर्जनौ संख्यामा कोरोना देखोएकोले हामी सबै सचेत र साबधान हुनु पर्ने छ । साचिकैप्रधानमन्त्रीले भने झै बेसार लगाएत घरेलु औषधीको प्रयोग गर्ने। तातो पानी खाने, माक्स लगाउने, सनेटाइजर प्रयोग गर्ने र सामाजिकदुरि कायम गरेर साबधानी अपनाउनुनै कोरोना बाट बच्ने अचुक उपाए हो । यसलाई सबैले पालना गरौं ।

डा. मोनिषा कार्की
मेडिकल कोओडिनेटर,
नागरिक अस्पताल,
गठ्ठाघर, भक्तपुर