कोविड १९: चिनौ अनि जितौ
म भाइरसको ठुलो फ्यान हु। यो पढ्दा तपाईंहरुलाई रिस उठ्ला तर बाघ, हाती जस्तो ठुलो शरीर भएको, मान्छे जस्तो ठुलो बुद्धी भएको प्राणीलाई आँखाले त के , माईक्रोस्कोपले पनिदेख्न गार्हो हुने, मरेको हो कि जिउदै छ भन्ने किटाणुले आछु, आछु पारेको छ।कोरोनाले संसार हल्लायो भन्नेकुरा, भारत र चाइना जस्तो बिशाल देशको बिचमा एउटा सानो, अति सानोदेश नेपालमा बस्ने म एक डाक्टरले सोच्दा नेपाल र भाइरस, उस्तै उस्तै लाग्छ। लक्ष्मी प्रसाद देवकोटाजीको “के नेपाल सानो छ ” पढेको याद आउछ। अनी लाग्छ के भाइरस सानो छत? भाइरस आफ्नो छैन बराबरको शरीर भित्र असीमित एउटा ठुलो सपना, आट र आत्म विश्वाश बोकेको मौका मिले संसारलाई नैराज गर्ने गोर्खाली सेना झै लाग्दछ ।
के हो भाईरस ?
केही DNA, RNA , Protein हरु सँग कुनै कुनैमा बोसोको पातलो कोट भएको, अस्त चिरन्जिबी झै कहिले नमर्ने अनि योगमा लामो समय निस्कृय भएर पनि बाँच्न सक्ने योगी झैनिस्कृय (मरेको हो कि , बेहोस् हुन ) बस्ने यि भाईरस जिबित प्राणी मा छिर्न पाए, उनी हरु कै उर्जा, तत्व प्रयोग गरेर पल भर मै लाखौं हुने अचम्मको जिब हुन Iयिनिहरुसबैमा आक्रमण नगरी आ:आफ्ना सजिलो होस्त(host)प्राणी खोज्छन ।
यति सानो तत्व जीवन उपभोग गर्न सक्छ भन्दा अचम्म लग्थ्यो एमबिबिएस पढ्दा , अनि त्यो व्यासजीको स्लोक
याद आउछ ।भाइरस जीवन बाँच्न चाहिने सार बोकेको छ जस्तो लाग्छ । गल्तीले मान्छेमा पल्केको कोरोना भाइरस(Covid 19) एउटा SARS भाइरसको एक प्रकारको रुपमा आउछ ।
कोरोना कति को खतरनाक भाइरस हो?
- खुशीको कुरा के छ भने यो यच.आइ.भि. (HIV,AIDS)जस्तो एक चोटि भए जीवन भर हुने स्वभाव देखिदैन ।
- यो रेबिज (Rabies virus)जस्तो धेरै सुइ लाउन पर्ने, नगरे १००% मरिने जस्तो रोग पनि हैन ।
- यो धेरै जस्तो उपचार पनि नगर्दा पनि ठीक हुन सक्ने रोग हो, कसैलाई मात्र सार्हो गार्हो हुने, अनि धेरै कमलाई ज्यान नै जाने हुन सक्ने बनाउछ।
त्यसो भए किन यति चासो ?
- छिटो फैलिने रोग भएर ।
- समाजमा सबै जना एकै चोटी बिरामी भए पछी कस्ले कस्लाई हेर्ने?
- एकैचोटी सबैलाई पुग्ने स्वास्थ्य सुबिधा हामी सँग छैन ।
- डाक्टर, नर्से नै बिरामी भएपछी कस्ले उपचार गर्ने?
- थोरैमा नै सही, गार्हो भएर च्यापेर मृत्यु भए नि दु:ख भो नि, अनी त्यो मान्छे जो पनि हुन सक्छन, त्यसैले किन भाईरस सित जोरी खोज्ने।
- अनि सन्क्रमण भइराख्नु भनेको किटाणु सकृय( active) छ, निस्कृय वा जोगी बनाउन परेन ।
- अनि यस्को एकदम ठोस् उपचार वा खोप आको पनि छैन ।
- अब एउटा डाक्टर को हिसाब ले सोच्ने हो भने यस्को प्रकोप बाट बाँच्न के गर्ने त?
चाणक्य नीति को एउटा स्लोक छ :
कोरोनाको रोक्थामका निश्चित कुरा
- किटाणुलाई हाम्रो शरीर भित्र प्रवेश गर्न नदिने ।
- राम्रो सित हात धुने, हात नाक मुख तिर नलग्ने ।
- मास्कको प्रयोग गर्ने, जस्ले नाक-मुखमा छिर्न सक्ने सम्भाबना घटाऊछ।
- एक अर्को सित दुरी कायम राख्ने, जस्ले गर्द भाईरस बिचमा नै खसेर निस्कृय होस्।
- जथाभाबी जमघट, भेटघाट गर्ने, मीटिङ गर्ने , भिड गर्ने बन्द गरौ ।
- भाईरस लाई छिटो निस्कृय बनाउन सानीतैजेर(sanitizer) को प्रयोग गर्ने।
- साबुन पानीले मजा ले हात धुने, जस्ले गर्द भाईरस छिटो निस्कृय हुन्छ ।
आफुलाई भएको शन्का लागे isolation, quarantine मा बस्ने र आफ्नो शरीरलाई भाईरस सँग लड्न मद्दत् गर्ने ।आफ्नो मानसिक र शरीरिक स्वास्थ्य को ध्यान राख्ने ।
भाईरस सकृया भएको लक्षण
1. ज्वरो आउने
2. खोकी आउने
3. छाती दुख्ने आदि ,
बेला डाक्टर को सलाह लिनु पर्छ ।
- याद रखौ, केही लक्षण नभएकालाई पनि कोरोन भएको हुन सक्छ, उस्ले श्वासबाट कोरोनका किटाणु फ्याक्न सक्छन।
- हामी केहीमा रही रहे पनि, सबैमा फैलिन सक्छ।
- त्यसैले एक अर्कोको साथ दिदै, सबै मिलेर यो बलियो खेलाडीलाई निस्कृय बनाउ ।
डा. प्रभाकर पोखरेल
सह प्राध्यापक / बरीस्ठ मनोचिकित्सक